adv

प्रदेश दुईका दर्जनौं चिकित्सक जनता समाजवादीमा प्रवेश

जनकपुरधाम २२, भाद्र । धनुषाका दर्जन बढ़ी मेडिकल डाक्टरहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

मंगलबार जनकपुरमा आयोजित एक समारोहमा चिकित्सकहरु सामूहिक रूपमा जसपामा प्रवेश गरेका हुन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अबीर फूलमालाले उनीहरुलाई स्वागत गरे ।

जसपा प्रवेश गर्नेमा बालरोग विशेषज्ञ डा. कर्मेन्द्र यादव, डा. दिपु यादव, डा. सिदेश यादव, रेडियोलोजिष्ट डा. अरुण कुमार गोइत, अर्थोपेडिक डा. रितेश कुमार, डेनटिष्ट डा. निमु यादव, डेनटिष्ट डा. ललिता यादव, डेनटिष्ट डा. बिनिता अधिकारीलगायत छन् ।
सो अवसरमा जसपा अध्यक्ष यादवले राजनीतिकमा बौद्धिक व्यक्तिको आगमनले विधिको शासन कायम हुने तर्क गरेका छन् । अध्यक्ष यादवले भने, ‘बौद्धिक वर्ग सक्रिय हुँदा राजनीतिमा शासन हुन्छ, तर मुर्खहरुको जमातले राजनीतिमा कुशासनले प्रसय पाऊँछ ।’

पेशासँगै राजनीतिलाई अगाडी बढाउन अध्यक्ष यादवले नवप्रवेशी डाक्टरहरुलाई शुभकामना ज्ञापन गर्दै बौद्धिक व्यक्तित्वहरुले राजनीतिको डाइग्नोसिस गर्ने विश्वास व्यक्त गरे ।

जसपा नेपाल धनुषा जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य डा. रिना यादव, चमेली देवी दास, प्रादेशिक अस्पताल जनकपुरका मेसु डा. प्रमोद यादव, बौद्धिक पेशाकर्मी महासंघका धनुषा अध्यक्ष ब्रजकिशोर यादव लगायतको उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु