adv

स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित एक युवक पक्राउ

काठमाडौं, ४ कात्तिक।  स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित एक युवक पक्राउ परेकाे छ । प्रहरीले भक्तपुरबाट पक्राउ गरेका ३६ वर्षका चित्रबहादुर पुन बाग्लुङको गल्कोट नगरपालिका-१० पाण्डवखानी घर भई कोटेश्वर बस्दै गरेकाे जनाएकाे छ ।

बुधबार साँझ ८ बजे मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीस्थित मनहरा आँखा अस्पताल नजिक चेकजाँच गर्दा प्रहरीले पुनले चढेको बा ४९ प ८५६५ नम्बरको स्कुटरको डिकीभित्र ३० लाख रुपैया थियाे ।

त्यसपछि उनलाई महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरले नियन्त्रणमा लिएर सोधपुच गर्दा उनीसँग घरमा ५० लाख रुपैयाँ भएको खुलेको डीएसपी दीपक गिरीले जानकारी दिए । पुनलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पठाइएको उनले बताए ।याँ फेला पारेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु