इलाम । इलामको देउमाई नगरपालिका ५ का एक युवाले आफ्नी पत्नी र छोरीको हत्या गरेका छन् ।
गएराती ३४ वर्षीय कमल भनिने पूर्णचन्द्र तामाङले ३५ वर्षीया पत्नी सीता तामाङ र १५ वर्षीया छोरी दीक्षा तामाङको हत्या गरेका हुन् ।
साथै घरमा पालेको कुकरको समेत हत्या गरेका छन् ।
पूर्णचन्द्रलाई प्रहरीले पक्राउ गरेको बुझिइएको छ ।
घटनाको सम्बन्धमा पूर्ण विवरण आउन बाँकी छ ।