adv

एकीकृत समाजवादीका राईले गरे मुख्यमन्त्रीमा दावी


बिराटनगर, १५ कार्तिक ।
प्रदेश नम्बर १ को रिक्त मुख्यमन्त्री पदमा नेकपा एकीकृत समाजवादी (एस) संसदीय दलका नेता राजेन्द्र राईले दावी पेश गरेका छन् ।

सोमबार दिउँसो एमालेबाट निर्वाचित मुख्यमन्त्री भीम आचार्यले पदबाट राजिनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको लागि दलहरुलाई संविधानको धारा १६८ को (२) बमोजिम मंगलबार दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।

राईले ४९ जना प्रदेश सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्री पदमा दावी पेश गरेका प्रदेश सभा संसदीय सचिवालयले जानकारी दिएको हो । उनलाई एकीकृत समाजवादीसँगै नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुको समर्थन रहेको छ ।

प्रदेश नम्बर १ मा सरकार गठनका लागि दावी पेश गर्न ४७ जना प्रदेश सभा सदस्यहरुको हस्ताक्षर आवश्यक पर्छ ।
हाल एमाले इतर गठबन्धनतर्फ सरकार गठनका लागि पर्याप्त सदस्य संख्या पुगेकाले मंगलबार नै सानो आकारको मन्त्रीमण्डल गठन हुने स्रोतले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु