adv

प्रदेश प्रमुख खापुङले गरे शुभम् ट्रेडिङ तथा होमस्टेको उद्घाटन

खोटाङ, १० मंसिर ।

शुक्रबार खोटाङ जिल्लामा शुभम् ट्रेडिङ तथा होमस्टे उद्घाटन गर्दै प्रदेश नम्बर १ प्रमुख परशुराम खापुङ । तस्वीर देबेन्द्र खापुङ ।

प्रदेश नम्बर १ का प्रमुख परशुराम खापुङले शुभम् ट्रेडिङ सेन्टर, अग्र्यानिक क्याफे, कस्टम हायरिङ र होमस्टेको उद्घाटन गरेका छन् ।

प्रमुख खापुङले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोल्मामा स्थापित शुभम् फाउण्डेशन अन्तरगत चलेका ट्रेडिङ, क्याफे, कस्टम हायरिङ र होमस्टेको उद्घाटन गरेका हुन् ।

शुभम् फाउण्डेशन शुभद्रा राई तथा कृषि वैज्ञानिक मदन राईले निर्माण गरेका हुन् । फाउण्डेशनले सञ्चालन गरेको जनजागृति माध्यमिक विद्यालयमा १ सय ८३ विद्यार्थीले अभ्याससहितको अध्ययन गरिरहेका छन् । विद्यार्थीले गाईबारे अध्ययन गर्नु पर्यो भने गाईलाई नजिकबाट बुझ्न पर्यो भनेर प्रयोगात्मक शिक्षाको थालनी गरेको फाउण्डेशनका संस्थापक सूर्य राईले जानकारी दिएका छन् ।

उद्घाटन कार्यक्रममा खोटाङका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले मदन राईको अनुभवलाई नजिकबाट बुझेको बताएका थिए ।

मदन राईको ज्ञान, सीप नेपालको सर्वाङ्गिण विकासको मेरुदण्ड हुने प्रमुख जिल्ला अधिकारी दाहालको भनाई थियो ।

फाउण्डेशन बारे खोटाङबासीहरु जानकार रहेको र देशव्यापी प्रचार भइरहेको जिल्ला समन्वय समितिका सभापति बबी चाम्लिङले बताएका थिए । फाउण्डेशनले खोटाङबासीहरुको शान र मान बढेको पनि चाम्लिङको भनाई थियो ।

जनताको विकास, शिक्षा, स्वास्थ्य, पर्यावरणसँग प्रत्यक्ष जोडिएको शुभम् फाउण्डेशनको ट्रेडिङ, क्याफे, कस्टम हायरिङ र होमस्टेको उद्घाटनमा आफूलाई सम्झिएकोमा आभारी रहेको प्रदेश नं. १ प्रमुख खापुङले बताए ।

फाउण्डेशनले मानिसलाई कसरी राख्ने, मुलुकलाई कृषिप्रधान बनाउन प्रत्यक्ष भूमिका खेलेको प्रदेश प्रमुखले बताए । उनले भने –“यतिको काम गर्न सकेको फाउण्डेशनलाई कसरी शुभकामना दिउँ भन्ने शब्द पाएकै छैन ।”

स्कूल–स्कूलमा फार्म हुनुपर्ने, उद्योग हुनुपर्ने अनिमात्रै शिक्षास्तर बढ्ने र बेरोजगारी घट्ने सोचबाट शुरु गरिएको फाउण्डेशनको कार्यको अनुशरण गर्दै अहिले शिक्षामन्त्रालयले गर्न लागिको भन्दै राईले खुशी समेत व्यक्त गरे ।

अन्तरजातीय र अन्तर्राष्ट्रिय विवाह पनि

कार्यक्रमकै अवसरमा यसै फाउण्डेशनमा कार्यरत रणवीर र बसन्ती राई, टेक कार्की र उषा राईबीच विवाह सम्पन्न भएको थियो । राजवीर भारतीय नागरिक हुन् । दिदीबहिनी बसन्ती र उषा राई फाउण्डेशनका संस्थापक सुर्य राईकी बहिनी हुन् । चारैजना यसै फाउण्डेशनमा कार्यरत छन् ।
विवाह भन्दा पनि दुई जनाको मिलन भन्न रुचाउने राईले आफूले चाहेजस्तै र खोजे जस्तै मिलेको बताएका थिए ।
नवविवाहितलाई प्रदेश प्रमुख खापुङ, जिल्ला समन्वय समितिका सभापति चाम्लिङ, प्रमुख जिल्ला अधिकारी दाहाल, खोटाङस्थीत नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका प्रमुखले आशिर्वाद दिएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु