adv

आत्मानन्द कपः झापा ११लाई स्तब्ध बनाउँदै फिदिम अन्तिम चारमा

फिदिम स्पोर्टिङ क्लब पाँचथरका खेलाडीहरू

सजन राई, माङ्सेबुङ । इलामको माङसेबुङमा जारी आत्मानन्द कपको १४औं संस्करण फुटबल खेलकुद प्रतियोगितामा फिदिम स्पोर्टिङ क्लब पाँचथर अन्तिम चारमा प्रवेश गरेको छ ।

आज सोमबार भएको खेलमा झापा ११ विरुद्ध १ सुन्यको नतिजा निकाल्दै फिदिम प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

झापा ११ का खेलाडीहरू सामुहिक तस्वीर खिच्दै

राष्ट्रिय स्तरको खेलाडी सहित मैदानमा उत्रेको झापा ११ लाई स्तब्ध बनाउदै फिदिम प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । झापा ११ले योगेश गुरुङलाई मैदानमा उतारेको थियो भने फिदिमले राेशन नेपाललाई मैदानमा उतारेकाे थियाे ।

निकै प्रतिस्पर्धात्मक भएको खेलमा पहिलो हाफमा दुवै टिमको तर्फ कुनै पनि गोल हुन सकेन् । खेलको ५५औं मिनेटमा फिदिमको तर्फबाट जर्सी नं. १३ का दिनेश लिम्बुले निर्णयक गोल गरेका थिए ।

निर्धारित समयसम्म दुवै टिमबाट कुनै पनि गोल हुन नसक्दा दिनेश लिम्बुले गरेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो ।

खेलको म्यान अफ दि म्याच फिदिमका दिनेश लिम्बु प्रमाण पत्र ग्रहण गर्दै

खेलको म्यान अफ दि म्याच फिदिमका दिनेश लिम्बु घोषित भएसँगै उनले नगर ५ हजार सहित प्रमाण पत्र र मेडल प्राप्त गरेका थिए ।

प्रतियोगिता अन्तर्गत भोलिको खेल माने भञ्ज्याङ फुटबल क्लब, दार्जिलिङ भारत र श्रीजङ्गा स्पोर्टिङ क्लब मोरङबीच हुने समितिका सचिव सरिता राईले बताइन् ।

प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहने समारोह खेलकुद विभाग आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष आङबुहाङले बताए ।

प्रतियोगिताका विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने आयोजकले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु