माङ्सेबुङ । इलामको माङ्सेबुङमा जारि आत्मानन्द कप १४ औं संस्करण खेलकुद प्रतियोगिता अन्तरगत दोस्रो सेमिफाईनल खेलमा भाङबारी फुटबल क्लव दमक झापा र श्रीजंङ्गा स्पोर्टिङ क्लव मोरङबीच प्रतिस्पर्धा हुदैंछ ।
माङसेबुङ–५ स्थित आत्मानन्द खेलमैदानमा आज (बिहिबार) अपरान्ह २ बजे हुने प्रतियोगिताको पहिलो सेमिफाईनल खेल अन्तरगत झापा र मोरङबीच प्रतिस्पर्धा हुनेछ ।
भाङबारी फुटबल क्लव दमकले रेडहर्स इलाम विरुद्ध ६-० को फराकिलो नतिजा निकाल्दै सेमिफाईनल प्रवेश गरेको थियो भने श्रीजंङ्गा स्पोर्टिङ क्लव मोरङले डिफेन्डिङ च्याम्पियन समेत रहेको पाहुना टोली माने भञ्ज्याङ दार्जिलिङलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
सो प्रतियोगिताको विजेताले माङसेबुङ खेलकुद विकास समितिसँग फाइनल खेल खेल्नेछ । प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुने आयोजक समितिले जनाएको छ ।