उद्दार केन्द्रका बालबालिकलाई खाना वितरण गरिंदै
मेचीनगर , १९,मंसिर । मेचीनगरका व्यवसायी मनप्रसाद आंग्देम्बेले जागृत बाल उद्धार केन्द्रलाई शैक्षिक सामाग्री तथा खाना वितरण गरेका छन् ।
युकेमा रहेका आफ्नो नाती रियोनको जन्मदिनको अवसर पारेर बेलुकाको उद्धार केन्द्रका बालबालिकालाई खाना खुवाउनुका साथै शैक्षिक सामाग्री तथा केहि रकम वितरण गरेका हुन् ।
आफ्नो नाती आफु भन्दा टाढा रहेपनि ती नानीहरुसंग उनको पहिलो जन्मदिनको खुसी बाड्न पाएकोमा आनन्द मिलेको आंग्देम्बेले बताए ।
उद्दार केन्द्रका बालबालिकलाई शैक्षिक सामाग्री वितरण गरिंदै
झापाको मेचीनगर ७ स्थित पुरानो भन्सारमा रहेको जागृत बाल उद्धार केन्द्र स्थानीय संघसंस्था तथा सामाजिक व्यक्तित्वको सहयोगबाट चल्दै आएको उक्त संस्थालाई सरकारी तवरबाट भने सहयोग हुन सकेको छैन ।
केन्द्रमा ७ जना बालक र ७ जना बालिका सहित हाल १४ जना अनाथ बालबालिका आश्रित छन् । उनीहरु सबै स्थानीय विद्यालय र क्याम्पसमा पढ्छन् ।