adv

नेकपा एकिकृत समाजवादी युवा संघको पहलमा अवरुद्ध सडक खुल्यो

माङसेबुङ । बेमौषमि वर्षाको कारण अबरुद्ध भएको माङसेबुङ गाउँपालिका स्थित गुरुङ्गाउँ चतुरे सडक खण्ड नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध समाजवादी युवासंघको पहलमा सुचारु भएको छ ।

वर्षाको कारण बाटो भत्किएसँगै ढिस्को झरेर गाडि चल्न अवरुद्ध भएको सडक युवासंघको पहलमा तथा स्थानीयहरुको सहयोगमा बाटो सुचारु भएको समाजवादी युवा संघ नेपालका केन्द्रीय सदस्य प्रविण लिम्बुले बताए । उनले भने– ‘कार्तिक १ र २ गते परेको निरन्तर वर्षाको कारण बाटो अवरुद्ध भए पछि पैदल मात्र हिड्न सकिने अवस्थाको बाटो थियो । स्थानीय युवाहरु कै पहलमा ट्रयाक खोल्ने काम भएको र मोटरसाइकलसम्म चल्ने बनायौं ।’

गाउँपालिका तथा वडापालिकाले खासै चासो नदेखाए पछि हामि युवाहरु आफै बाटो सफा गरेको संघ अर्का केन्द्रीय सदस्य देवाहाङ राईले बताए । माङसेबुङ गाउँपालिका वडा नं. ३, वडा नं. ४, वडा नं. ५ का सेवाग्राहीहरु गाडि नचल्दा गाउँपालिका जान दैनिक यहि बाटो हिडेर जानु पर्ने बाध्यता रहेको राई बताउछन् ।

गजुरमुखी चतुरे सडक खण्ड अन्तर्गत पर्ने यो सडक माङसेबुङ गाउँपालिका कार्यालय जाने मुख्य सडक पनि हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु