adv

नेपाली कांग्रेसको महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

काठमाडौ । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । कुल ४६८२ मतमा

शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् ।

प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए विश्वप्रकाश शर्माले खसेकोमा १९८४ मत पाएर विजयी भएका छन्  ।

शेरबहादुर देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिएका थिए । देउवा दोस्रो चरणबाट सभापतिमा चुनिादा महत र पौडेल दुबै महामन्त्रीमा पराजित भए । महतले १५५६ र पौडेलले १३९३ मत पाएका छन् ।

शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका मिनेन्द्र रिजालले ८०९ मात्र मत पाए । विमलेन्द्र निधिको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका राजाराम कार्कीले १०६ मत पाएका छन् ।

काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु