adv

बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

पक्राउ परेका मुन्ना थापा

बिराटनगर । बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी धरान १३ का ३८ बर्षिय मुन्ना थापालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्मानित उच्च अदालत विराटनगरको मिति २०७६ बैशाख १६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ६ महिना कैद र चार लाख पचास हजार सात सय छैसठ्ठी रुपैया जरिवाना भएता पनी हाल सम्म फरार रहदै आएका थापालाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआइटिबाट खटिएको प्रहरी टोलीले आज बिहान पक्राउ गरेको हो ।

पक्राउ परेका थापालाई सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेको तथा सम्मानित अदालतबाट कैद भुक्तानको लागी आजै कारागार चलान गरेको जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु