adv

फोनिज संघीय महाधिवेशनको तयारी तिव्र

चितवन, २४ पुष ।

महाधिवेशनको तयारी बारे छलफलमा सहभागी फोनिज संघीय समिति र जिल्ला शाखाका नेताहरु ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको सातौं महाधिवेशनको तयारी तिव्र पारिएको छ ।

माघ ७ र ८ गते हुने सातौं संघीय महाधिवेशनको तयारी तिव्र पारिएको फोनिजका अध्यक्ष डण्ड गुरुङले जानकारी दिए ।

महाधिवेशनको तयारी बारे शुक्रबार संघीय समितिका नेताहरुको एक टोलीले फोनिज चितवन शाखासँग भेटघाट र छलफल गरेको छ ।

चितवनको सौराहामा हुने महाधिवेशनका लागि अनुमानित २३ लाख खर्च हुने आयोजकको भनाइ छ । महाधिवेशनलाई चितवन फोनिजले सहजीकरण गर्ने भएको छ ।

देशैभरका प्रतिनिधिहरुलाई यात्राको निम्ति केन्दबिन्दु मानेर नै चितवनको सौराहामा महाधिवेशन गर्न लागिएको वरिष्ठ उपाध्यक्ष गजुर्धन राईले बताए । उनले चितवनको पर्यटकीय पूर्वाधारले पनि सबैलाई लोभ्याउने बताए ।

महाधिवेशनमा देशैभरका ६० वटा जिल्ला शाखा र सातै प्रदेशबाट चुनिएको ४ सय बढी प्रतिनिधिहरु सहभागी हुने महासचिव मनोज घर्ती मगरले जानकारी दिए ।

फोनिज अध्यक्ष गुरुङ, वरिष्ठ उपाध्यक्ष राई, महासचिव घर्ती मगर र कोषाध्यक्ष अमरध्वज तामाङ, फोनिज बागमती प्रदेशका उपाध्यक्ष राजेश रुम्बा तामाङ, फोनिज चितवनका संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, निवर्तमान अध्यक्ष सन्दिप श्रेष्ठलगायतको उपस्थिति थियो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु