दमक । गोल्डेन गेट इन्स्टिच्यूट दमकले विदेश पढ्न जाने विद्यार्थीहरुका लागि २ दिने परामर्श कार्यक्रम सुरु गरेको छ ।
दमक ५ स्थित मंगलदिप मार्केट एक सय मिटर उत्तरमा रहेको गोल्डेन गेट इन्स्टिच्यूटले अष्ट्रेलिया, युके, क्यानाडा, अमेरका लगायतका देशहरुमा विद्यार्थीहरुलाई पठाइरहेको छ ।
जसका लागि विद्यार्थीहरुलाई थप परामर्शका लागि मेभन कन्सल्टिङ गुप काठमाण्डौबाट आएका प्रतिनिहरुले परामर्श सेवा प्रदान गरिरहेका छन् ।
उच्च शिक्षा हासिल गर्नका लागि बिदेश पढ्न जानेकोसंख्या बढिरेको समयमा विद्यार्थी भिषा प्रक्रिया लगायतको बिषयमा परामर्श गराइएको गोल्डेनगेट इन्स्टिच्यूट दमकका म्यानेजिङ डाइरेक्टर विशाल देवानले बताए ।
जानको लागि कस्तो प्रकारको प्रक्रिया गर्ने, विद्यार्थी भिषा प्रक्रिया प्राप्त गर्ने के गर्ने लगायतको बिषयमा परामर्श गरिरहेको देवानले बताए ।
काठमाडौंसम्म जाने आउने झनझटबाट मुक्त गराउँदै दमकमा नै २ दिने परामर्श सेवा कार्यक्रमको आयोजना गरिएको अर्का म्यानेजिङ डाइरेक्टर सावल खड्काले बताए ।
परामर्श कार्यक्रम आज बिहिबार र भोलि शुक्रबार सञ्चालन हुने जनाएको छ । कार्यक्रमकाे पहिलाे दिन ६० जना विद्यार्थीहरूले सेवा लिएका छन् ।