adv

भूमिगत समूहको नाउँमा आतंक मच्चाउने गिरोहका ९ जना पक्राउ

दमक, ६ फागुन ।

बम जस्तो वस्तु राखेर आतंक मच्चाउने र चन्दा असुल्ने गिरोहलाई पक्राउ गरी बिहीबार सार्वजनिक गर्दै झापा प्रहरी ।

‘हिमाल सुरक्षा परिषद्’ नामक भूमिगत समूहको नाममा शंकास्पद वस्तु राखेर आतंकित पार्ने र चन्दा असुल्ने गिरोह प्रहरीको फन्दामा परेको छ ।

सो भूमिगत समूहको नाममा आतंक फैलाएर व्यवसायीबाट चन्दा उठाउँदै आएको अभियोगमा झापा गौरादह २ का सुमनकुमार कार्कीसहित ९ जनालाई प्रदेश नम्बर १ प्रहरी कार्यालय, बिराटनगरको क्षेत्रीय अपराध अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय, झापाको टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार सो गिरोहले प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु राखेर झापामा आतंक फैलाउने प्रयास गरेका थिए । पक्राउ परेका अधिकांश व्यक्तिहरु लागूऔषध र ठगीमा संलग्न व्यक्तिहरु भएको प्रहरीको भनाइ छ ।

एसपी पोखरेलेले भने –‘अधिकांश पहिल्यै मुद्दा चलिरहेका व्यक्ति छन्, उनीहरुलाई संलग्न गराएर भूमिगत समूहको नाममा असूली गर्न खोजेको देखिन्छ ।’

पक्राउ पर्नेमा कनकाई नगरपालिका–३ का मजदुर ४१ वर्षीय भीष्म थापा, दमक–९, चिया दोकान चोककी ५० वर्षीया देवी बाँस्कोटा गुरागाईं, कनकाई नगरपालिका–३ का कुमार भनिने यमदत्त सिटौला र शिवसताक्षी नगरपालिका–१ का ३२ वर्षीय सरुण लिम्बु भन्ने दिलकुमार सामेखाम रहेका छन् ।

त्यस्तै प्रहरीले संखुवासभाका २९ वर्षीय मनमोहन दाहाल, गौरीगञ्ज–३ का ३२ वर्षीय आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादहका ३३ वर्षीय प्रदीप थापा र गौरीगञ्ज–३ का ४५ वर्षीय विजयकुमार दास हलुवाई पनि पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुको साथबाट आर्थिक संकलन गरिएका कागज र पर्चाहरु पनि बरामद भएका प्रहरीले दावी गरेको छ ।

प्रहरी स्रोतका अनुसार घटनाका मुख्य योजनाकार भने अझै फरार छन् । ती व्यक्ति विगतमा ‘हिमाल सुरक्षा परिषद्’को नामबाट समूह चलाएर चन्दा असूल्दै आएका थिए । प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु