adv

बि डिभिजन प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि फिदिमका दिपक र किरणलाई

कविध्वज राई, दमक झापाको दमकमा सञ्चालित बी डिभीजन प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको दमक स्थित तिलुङ्छा चाम्लिङ राई कभर्ड हलको उद्घाटनको अवसर डम्बरसिंह, पध्माश्वरी, पूर्णिमा तिलुङ्छा चाम्लिङ राई स्मृति व्याडमिन्टनप्रतियोगिताको आयोजना गरिएको थियो

प्रतियोगिताको उपाधि फिदिम पाँचथरका दिपक आङेम्बे किरण श्रेष्ठले हात पारे मोरङ गछियाका नवीन राई प्रताप तामाङलाई१७२१, १५२१ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका थिए

प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा मोरङ उर्लाबारीका हेम गरुङ ध्रुव खत्रीलाई २०२२, १७२१ को सोझो सेटमा पराजित गर्दैफिदिम पाँचथरले फाईनल यात्रा तय गरेको थियो

त्यस्तै दोस्रो सेमिफाईनल खेलमा बिराटनगरका आवाज ओडारी सुचक खड्कालाई २२२०, १५२१, २१ को सेटमा पराजित गर्दैमोरङ गछियाले फाईनल यात्रा तय गरेको थियो

प्रतियोगिताको उपाधि चुम्न सफल फिदिम पाचथरका दिपक आङदेम्बे किरण श्रेष्ठले नगद रु २१ हजार सहित ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गरे भने दोश्रो स्थान हुन सफल गछियाका नवीन राई प्रताप तामाङले नगद ११ हजार सहित ट्रफि, मेडल प्रमाण पत्रमा चित्तबुझाएको थियो

तेस्रो स्थानका उर्लाबारीका गुरुङ, खत्री विरानगरका ओडरी   खड्काले नगद हजार सहित ट्रफि, मेडल प्रमाणपत्रमा चित्तबुझाएका थिए

प्रतियोगिताको समापन समारोह कभर्ड हल समितिका अध्यक्ष रनबहादुर राईको अध्यक्षतामा तथा दमक नगरपालिका वडा नं. कावडाध्यक्ष ताराप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो

समापन समारोहको अवसरमा अग्रज ब्याडमिन्टन खेलाडीको रुपमा ८१ बर्षीय जेष्ठ खेलाडी हस्त बहादुर बेघालाई सम्मान गरिएकोथियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु