adv

पल्सर स्पोर्ट्स अवार्ड चैत्र ८ गते हुने

झापा ,१५ फागुन । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डको १८ औं संस्करण आगामी चैत्र ८ गते काठमाडौंमा आयोजना हुने भएको छ । गत वर्ष कोरोना महामारीका कारण भर्चुअल रुपमा आयोजना गरेको अवार्डको स्वरुप यो वर्ष परिवर्तन गरिएको मञ्चले जनाएको छ ।

मञ्चले आज पत्रकार सम्मेलन गर्दै अर्वाडको मिति घोषणासँगै मुख्य प्रायोजक हंसराज हुलासचन्द एण्ड कम्पनीसँग सम्झौता नविकरण गरेको छ । यस पटक दशक अवार्डका रुपमा वितरण हुनेछ । एक दशकमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मानित गरिनेछ ।

अवार्डका लागि मञ्चको खेलाडी छनोट समितिले दशक खेलाडी पुरुष, महिला तथा प्रशिक्षक छनोट कार्य सुरु गरिसकेको छ । यसअघि ९ विधामा अवार्ड वितरण गरिदै आएकोमा यो पटक वर्ष युवा खेलाडीको विधालाई हटाइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु