adv

निर्देशक देउकृष्णको “तमोर सलल” को छायाँकन सम्पन्न

माङसेबुङ । चलचित्र निर्माता, कलाकार तथा निर्देशक देउकृष्ण देवान लिंखा याक्खाको निर्देशन तथा अभिनयमा पुर्वेली लोक गीत ‘तमोर सलल’ को छायाँकन सम्पन्न भएको छ ।

गायकद्वय देबेन्द्र लिम्बू र डिबी लिम्बू तथा गायीकाद्वय सुनिता संयक लिम्बू र हिमाली लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक गीत ‘तमोर सलल’ को छायाँकन सम्पन्न भएको हो ।

मुना लिम्बूको निर्माणमा युवराज राई (बीरबहादुर)को छायाँकन रहेको भिडियोमा रेखा लिम्बू र युमन सोदेम्बा लिम्बूको अभिनय रहेको छ ।

सुरेश राई याक्खाको कोरियोग्राफीमा देउकृष्ण सँगै स्मृति लिंखा याक्खाको समेत अभिनय रहेको छ । भिडियोमा रमेश सुनुवारको सहाय छायाँकन, बिकासको ड्रोन, सबिना उप्रेतिको मेकअप, आलिया गुरुङको सहायक मेकअप रहेको छ ।

सरिता राईको शव्दभावहरुमा देवेन्द्र लिम्बूको संगीत रहेको गीतलाई राम कार्कीले संगीत संयोजन गरेका छन् । म्यूजिक मिडिया धरानमा बिजय श्रेष्ठले रेकर्ड गरेको गीतलाई कुमार सानु पुनले मिक्सिङ गरेका छन् ।

याक्खा धनबहादुर देवान, दिलीप याक्खा जिमी, गोमा याक्खा जिमी, आशा जिमी र थमन राई याक्खाको च्याब्रुङ नृत्य रहेको भिडियो चैत पहिलो हप्तामा सर्वजनिक गर्ने निर्देशन देउकृष्ण देवानले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु