adv

मार्चेबुङमा पत्रकारिता तालिम सुरु

माङसेबुङ, २५ फागुन ।

माङसेबुङ ४ मा पत्रकािरता तालिम सुरु ।

इलामको माङसेबुङ गाउँपालिका ४ स्थित मार्चेबुङमा बुधबारदेखि तीन दिने पत्रकारिता प्रशिक्षण तालिम सुरु भएको छ ।

शुक्रबारसम्म सञ्चालन हुने तालिम माङसेबुङ गाउँपालिका ४ नम्बर वडा कार्यालयको सहयोग र बुलन्द मल्टीटेक्निकल मिडिया प्रालिको आयोजनामा सुरु भएको हो ।

वडा नरम्बर ४ का ५ महिलासहित १८ जना युवाहरुको सहभागी रहेका तालिममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय सचिव कमन देवानले सहजीकरण गरिरहेका छन् ।

तालिमको उद्घाटन वडा नम्बर ४ का वडा सदस्य सन्त विश्वकर्माले गरेका थिए । वडा कार्यालयको सहयोगमा पहिलो पटक स्थानीय युवाहरुलाई लक्षित गरी पत्रकारिता तालिम सञ्चालन गरिएको जानकारी दिए ।

नयाँ बुलन्द डटकमका उपसम्पादक अतित योङहाङको सञ्चालन रहेको तालिम उद्घाटन कार्यक्रममा बुलन्द मल्टीटेक्निकल मिडियाका अध्यक्ष राम योङहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु