adv

प्रथम अध्यक्षकपको फाईनल खेल एपीएफ र टेम्केबीच भोलि हुदै


कमल
, २ चैत्र । प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनल खेल भोलि बिहिबार हुनेछ ।

एपीएफ पकली सुनसरीका खेलाडीहरु

फाइनल खेल रेडहर्ष फुटबल क्लब इलामलाई हराउँदै फाईनल प्रवेश गरेको टेम्के फुटबल क्लब र धुलाबारी फुटबल एकाडेमिलाईपराजित गर्दै फाइनलको यात्रा तय गरेको एपीएफ पकली सुनसरीबीच हुनेछ ।

फागुन २५ गतेदेखि सुरु भएको प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनल खेल विजेताले नगद २ लाख सहित ट्रफि, मेडर रप्रमाण पत्र पाउनेछ ।

टेम्के फुटबल क्लबका खेलाडीहरु

प्रतियोगितको उपविजेताले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिनेछ ।
प्रतियोगिता कमल गाउँपालिका ३ स्थित केरखा खेलमैदानमा दिनको ठिक २ बजे बाट सुरु हुने आयोजक समितिले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु