adv

कक्षा १२ को परीक्षा जेठमा

झापा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ०७९ जेठमा गर्ने निर्णय गरेको छ ।

आज बसेको बोर्ड बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले सेतोपाटीलाई जानकारी दिए ।

‘जेठ १६ देखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय भयो,’ उनले भने, ‘थप विवरण बोर्डको वेबसाइटमा राख्छौं ।’

परीक्षा ९ दिनसम्म सञ्चालन गर्ने तयारी छ । बोर्डले परीक्षाको तालिका छिट्टै प्रकाशन गर्ने बताएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु