adv

मौषमी कामदार कोरिया लाने विषयमा राष्ट्रिय युवा संघको आपत्ति

माङसेबुङ माङसेबुङ गाउँपालिकाले मौषमी कामदार कोरिया पठाउने विषयमा नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघ नेपाल माङसेबुङगाउँ कमिटीले ध्यानाकर्षण भएको जनाएको   राष्ट्रिय युवा संघ नेपाल माङसेबुङ गाउँ कमिटीले  एक विज्ञप्ती जारी गर्दै सोजनाएको हो

गाउँपालिकाका नागरिकलाई दुबिधामा पारि एकलौटी ढंगबाट प्रक्रिया अगाडि बढएको संघको आरोप विज्ञप्तीमा कानूनीप्रक्रियाबाट निस्पक्ष ढंगले नागरिकहरुलाई कोरिया पठाउन माग गरेको हो

यस अघि माङसेबुङ गाउँपालिकाले मौषमी कामदार कोरिया पठाउने भनेर सम्झौता गरेको थियो

तर कामदार के कसरी पठाउने भन्ने बारे गाउँपालिकाले व्यवस्थित नगरेको आरोप लगाएको गाउँपालिकाले बैठकबाट निर्णय नगरीबाहिरी रूपमा अबैध रकम उठाएको आरोप लगाएका छन्

युवा संघ माङसेबुङ गाउँपालिका कमिटि अध्यक्ष राजकुमार साम्बाको हस्ताक्षरित विज्ञप्तीमा भनिएको   एकातिर गाउँपालिकाकोकार्यपालिका वैठकबाट मौषमी पशिक्षार्थी कामदार पठाउने प्रक्रिया पारित नभई ओझेलमा परेको सुनिन्छ अर्कोतिर गैरकानुनी रुपमामाङसेबुङका नागरिकहरुलाई कोरिया पठाईदिन्छु भन्दै मोटो रकमहरु असुल गरिरहेको समेत सुनिन्छ देखिन्छ यसरी नागरिकहरुलाईद्वुबिधामा पारी एकलौटी ढंगबाट उत्पन्न गरिएको दोधारे कार्यप्रति हाम्रो गौरवशाली संगठन राष्ट्रिय युवा संघ नेपाल माङसेबुङ गाउँकमिटिको गम्भिर ध्यानाकर्षण भएको

यता गाउँपालिकाले मौषमी कामदार कोरिया लाने बिषयमा निर्णय नगरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम सुवेदीलेबताए

जारी प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती                   (कोरिया सम्बन्धी)

आदरणीय न्यायप्रेमी दिदी बहिनी तथा दाजु भाईहरु

इलाम जिल्लाको माङसेबुङ गाउँपालिका एउटा छुट्टै ऐतिहासिक विशेषता भएको बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक, ओझपूर्ण गर्विलो पहिचान बोकेको पालिका हो यस पालिकामा विभिन्न राजनीतिक दलहरु आफ्नै ठाउँबाट क्रियाशिल रहेका छन् गाउँपालिकाको सर्वाङ्गिण विकासको लागि सबै दलहरुको भूमिका मितव्यायी, समन्वयकारी परोपकारी भएको सोही अनुसारमाङसेबुङको समग्र क्षेत्रको विकासको गति अघि बढिरहेको आम नागरिकमाझ सर्वविदितै पछिल्लो समय माङसेबुङ गाउँपालिकालेसमेत मौषमी पशिक्षार्थी कामदारका लागि दक्षिण कोरिया सिजनेवल वर्करको रुपमा नागरिक पठाउने विषयले बृहत चर्चा पाईरहेको एकातिर यो विषयले सकरात्मक अर्कोतिर भय त्रासपूर्ण स्थिति सिर्जना भई सबै नागरिकको आम सरोकारको विषय बनेको एकातिर गाउँपालिकाको कार्यपालिका वैठकबाट मौषमी पशिक्षार्थी कामदार पठाउने प्रक्रिया पारित नभई ओझेलमा परेको सुनिन्छअर्कोतिर गैरकानुनी रुपमा माङसेबुङका नागरिकहरुलाई कोरिया पठाईदिन्छु भन्दै मोटो रकमहरु असुल गरिरहेको समेत सुनिन्छ देखिन्छ यसरी नागरिकहरुलाई द्वुबिधामा पारी एकलौटी ढंगबाट उत्पन्न गरिएको दोधारे कार्यप्रति हाम्रो गौरवशाली संगठन राष्ट्रिययुवा संघ नेपाल माङसेबुङ गाउँ कमिटिको गम्भिर ध्यानाकर्षण भएको यदि मौषमी प्रशिक्षार्थी कामदारको रुपमा गाउँपालिकाद्वारापठाईने हो भने कानुनी प्रावधानमार्फत निस्पक्ष रुपमा प्रक्रियागत रुपमा छनौट गरि सबै नागरिकहरु जान पाओस् भन्ने हाम्रो पहिलो मागहो जान चाहने कृषक कामदारहरुले गैरकानुनी रुपमा अवैध विचौलियाहरुलाई कुनै पनि रकम नबुझाउनु हुन अनुरोध गर्दै बुझाउनै परेमाकानुनी रुपमा स्थानीय सरकार गाउँपालिकालाई बुझाउनुहुन अनुरोध अत: उल्लेखित विषयप्रति हाम्रो संगठन तपसिलका प्रश्नहरुगरि सत्यतथ्य विषयवस्तुहरु आम नागरिकहरुमा सूचित गर्न, गराउन सम्पूर्ण पत्रकार, सञ्चार माध्यम, बुद्धिजिवी, नागरिक समाज, राजनैतिक दल तथा आम सरोकारवालाहरुलाई सहयोग गरिदिन हुन साथै स्थानीय सरकार समक्ष जोडदार दवाव दिन यस्ता खाले सबैगलत कार्यको विरुद्धमा सम्पूर्ण न्यायप्रेमी दिदी बहिनी तथा दाजु भाईहरु एकजुट भई भत्र्सना गर्न समेत अपिल गर्दछौँ

हाम्रा प्रश्नहरुः

. माङसेबुङ गाउँपालिकाबाट मौषमी पशिक्षार्थी कामदार दक्षिण कोरिया पठाउने हो भने यसको कानुनी प्रक्रियाको सूचना किनलुकाईयो किन सार्वजनिक सूचना गाउँपालिकाद्वारा प्रकाशन भएन ?

. मौषमी पशिक्षार्थी कामदार दक्षिण कोरिया जाँदा के कति रकम बुझाउनुपर्ने हो ? बाहिरी हल्ला प्रतिव्यक्ति रु.,८०,०००।      (तीन लाख असी हजार) देखि ,००,०००।– (चार लाख) सम्म सुनिन्छ खास कति रकम हो ? फाराम, मेडिकल तथा पुसिल रिपोर्टशुल्क प्रतिव्यक्ति रु.,०००।लिइएको भन्ने सुनियो खास होकी होइन ?

. मौषमी पशिक्षार्थी कामदार दक्षिण कोरिया पठाउँदा नागरिकको सुरक्षाको सुनिश्चितता असुल गरिएको रकमको जिम्मेवारी जवाफदेहीको कुन निकाय रहने  हो ?

. यदि माङसेबुङका जनताहरु ठगीको सिकार बनेको खण्डमा यसको जिम्मेवारी कुन निकाय रहने ?

माथिका प्रश्नहरुको यथाशिघ्र जवाफ माङसेबुङ गाउँपालिका सरकार समक्ष माग गर्दै माङसेबुङका सबै नागरिकहरुलाई खबरदारी सचेत रहन हार्दिक अपिल गर्दछौँ

न्यानो अविवादन सहित !

………………………………………

. राजकुमार साँबा

अध्यक्ष

राष्ट्रिय युवा संघ नेपाल

माङसेबुङ गाउँकमिटि

इलाम

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु