काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग नेपाल पराजित भएको छ ।
आज साँझ थाइल्यान्डको चोनबरीमा भएको खेलमा घरेलु टोली थाइल्यान्डसँग नेपाल २–० गोल अन्तरले पराजित भएको हो ।
थाइल्यान्डको जितमा फिलिप रोलर र चाओवाट विराचार्टले गोल गरे । थाइल्यान्डले दोस्रो हाफमा दुईगोल गरे ।
थाइल्यान्डको जितामा फिलिपले खेलको ७८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यसपछि चाओवाटले खेलको ८९ औं मिनेटमा गोल गर्दै थाइल्यान्डलाई २–० को जित दिलाए ।
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेलेको हो ।
यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल आइतबार हुनेछ ।
एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरु जुन ८ देखि १४ सम्म कुवेतमा आयोजना हुनेछ ।
नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ भने दोस्रो खेल जुन ११ मा कुवेतको सामना गर्नेछ र जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।