adv

टाइब्रेकरमा दार्जिलिङ पराजित, गोर्खा ब्वाइज अन्तिम चारमा

दमक । गोर्खा ब्वाइज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा दार्जिलिङ पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै गोर्खा ब्वाइजले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । एक÷एक गोलको बराबरीमा निर्धारित समय सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा गोर्खा ब्वाइजको चारवटै प्रहार गोलमा परिणत भएको थियो । टाइब्रेकरमा गोर्खा ब्वाइजका मिक्चेन तामाङ, सुशन तामाङ, फोडे फोफोना र अवाडेले गोल गरे ।

टाइब्रेकरमा दार्जिलिङ पुलिस क्लबका आशिष देवान र नेवाश राना गोल गर्न चुकेपछि गोर्खा ब्वाइज विजयी भएको हो । टाइब्रेकरमा दार्जिलिङका भाइचाङ राई, दिवश तामाङ र निशाकर राईको प्रहार गोलमा परिणत भएको थियो । खेलमा सुरुवाती अग्रता गोर्खा ब्वाइजले लिएको थियो । खेलको ८ औँ मिनेटमा गोर्खाका यानिकले गोल गरे । डिबक्समा रहेका यानिकले हेडमार्फत गोल गरेका थिए । तर, तत्कालै दार्जिलिङ पुलिस क्लबले गोल फर्कायो । १३ औँ मिनेटमा गोर्खा ब्वाइजका खेलाडीले डिबक्समा ह्यान्ड गरेपछि दार्जिलिङ पुलिसले पेनाल्टी पाएको थियो । पेनाल्टीमार्फत भाइचाङ राईले गोल गर्दै खेललाई बराबरीमा फर्काए ।

शनिबारको खेलको म्यान अफ द म्याच विजयी गोर्खा ब्वाइजका अवाडे भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । आइतबार त्रिभुवन आर्मी फुटबल क्लब र दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबबीच खेल हुने खेल संयोजक मोहन मगरले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु