दमक । झापाको दमकमा जारी दमक गोल्डकपमा नेकपा एमालेको पार्टी संगठनको झल्को दिने किसिमको भएको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन दमक नगर कमिटिले आरोप लगाएका छन् । युवक संगठनले एक विज्ञप्ती जारी गर्दै सो कुरा जनाएको हो ।
मोफसलको सर्वाधिक रुचाइएको दमक गोल्डकप दमकेली जनताको अपनत्व हुन नसकेको युवक संगठन दमक नगर अध्यक्ष विनोद थापाको हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
दमक गोल्डकप नगरको साझा सम्पत्तीको रुपमा रहेकोले सबै राजनीतिक दल तथा युवाहरुलाई सहभागिता गराएर अघि बढ्न समेत आयोजक समितिलाई सुझाएको छ ।


