केश तमू, पोर्तुगल, २७ मार्च । पोर्तुगलबाट एपमार्फत नेपाल पैसा पठाउन सकिने भएको छ । ट्यापट्याप सेण्ड एपमार्फत आफन्तलाई सजिलै पैसा पठाउन सकिने भएको हो ।

मार्च १८ तारिख शुक्रबारका दिन पोर्तुगलको सान्तोतोनिया शहरस्थित्त हिमालयन रेस्टुरेन्टको हलमा एक भेटघाटकार्यक्रम समारोहबिच सम्बन्धित कम्पनीबाट नेपालको तर्फबाट नेतृत्ववाहक कर्मचारी सृष्टि गुरुङ्ले प्रतिनिधित्व गर्दै कार्य बिस्तार शुचारु भएको थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै गुरुङले एपको बारेमा प्रस्ट पार्दै हरेक ट्रान्स्फरमा सर्भिस बिनाशुल्क पैसा पठाउन सकिने, पोर्तुगलको लागि पहिलो ट्रासफरमा प्रोमोकोड मार्फत १० युरे बोनस प्राप्त गर्न सकिने कुरा जानकारी दिएकी थिइन् ।
एपले सङ्केत गरेअनुसार आफ्नो मोबाइलबाट नेपालमा आफ्न्तहरूलाई सजिलैसँग पैसा पठाउन सक्ने, रकम नगद भुक्तानी वा खातामा डिपोजिट गर्दा ५÷१० मिनेटमा नै प्राप्त गर्न सकिने गरि सरल तरिकाले डिजाईन गरिएको जानकारी दिइएको थियो । कार्यक्रममा एप डाउनलोड गरी सजिलैसँग सुबिधा लिन सबैलाई आग्रह भएको थियो ।
आफुहरूले गरिरहेको लगानी बिशेष नेपाली समुदायलाई नै समिटियोस् भन्ने उद्देश्य रहेको र कसरी बढीभन्दा बढि नेपाली समुदायलाई आकर्षण गर्न सकिन्छ, हाम्रो तर्फबाट विशेष कोसिस हुन्छ भन्दै गुरुङले प्रतिज्ञा गरेकी थिइन् । गुरुङ ट्यापट्याप सेण्ड एपको अमेरिका, बेलायत, युरोप र एसियाली मुलुक हेर्ने प्रमुख जिम्मेवारी निभाइरहेकी छिन् ।
एक नेपाली छोरी आफ्नो क्षमताबाट यो पदमा पुगेकोमा उपस्थित कार्यक्रममा सहभागीहरूले उनको चर्चापरिचर्चा गरेका थिए ।
कार्यक्रममा वरिष्ठ लोकगायक जेबी ओली र वरिष्ठ गीत सर्जक शिव अखेली साथमा अरु कलाकारहरूले गीत सङ्गीतबाट उपस्थित सबैलाई भरपुर मनोरञ्जन गराएका थिए । २०१८ बाट लन्ड्नबाट शुरुवात भएको यस एप सर्भिस बाक्लो संख्यामा नेपाली बसोबास गर्दै आएको पोर्तुगललाई केन्द्रित बनाउदै आफुहरूले सर्भिस थालनी गरिएको हो ।

