adv

शिवसताक्षीमा लिम्बुवानको उम्मेद्वारी घोषणा

शिबसताक्षी । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघिय लिम्बुवान प्रान्तिय मञ्च नेपाल शिबसुताक्षी नगरले नगरसहित सबै वडाकाे उमेद्धारी घोषणा गरेका छन् ।

आज शनिबार पार्टी कार्यलयमा बसेको नगरकमिटीको भेलाले मेयर र उपमेयर सहित ११ वटै वडाको अध्यक्ष र वडा सदस्यहरु सर्बसम्मत चयन गरि घोषणा गरेको नगर अध्यक्ष बिचारी लावती जानकारी दिए । उनका अनुसार पाटीको संघिय सदस्य प्रकाश लिङदेनलाई मेयरमा र पाटी संघिय महासचिब शान्ता योङहाङलाई उपमेयरमा अघि सारेको छ ।

त्यसै गरि वडा नम्बर १ को अध्यक्षमा दिलबहादुर लिम्बु , सदस्यहरुमा ज्ञानु शेर्मा ,योग्यहाङ चेम्जोङ, मनमाया नेम्बाङ र कमला बिक चयन गरिएको छ । यस्तै २ नं वडामा ब्ुद्धराज नेम्बाङ अध्यक्षमा चयन भएका छन भने अन्य सदस्यहरुको टुङगो लागन्न सकैको छैन । त्यस्तै वडा नम्बर ३ को अध्यक्षमा भिम निङलेखु र सदस्यमा सुवास राई , धिम्का ताजपुरिया ,मंगलीमाया सुब्बा चयन भएका छन । त्यसैगरि वडा नम्बर ५ को अध्यक्षमा रामकुमार लिम्बु चयन भएका छन । सदस्य हरुमा देबसरी राजबंशी , दुरन राई , अम्बिका दर्जी ,सतानी ताजपुरिया रहेका छन ।

वडा नम्बर ६ बाट अध्यक्षमा मनकुमार तुम्बापो ,सदस्यहरुमा हेमबहादुर लिम्बु, बाबुराम लिम्बु, प्रमेश्वरी मुखिया चयन भएका हुन । यता वडा नम्बर ७ को अध्यक्षको लागी किरण लिङदेन तथा सदस्यहरुमा भिममाया लिम्बु , भगवती दर्जी , कुमार योङहाङ र पदम इजम चयन भएका छन । त्यस्तै वडा नम्बर ९ को अध्यक्षमा जितेन्द्रराज आङबो सदस्यहरुमा अम्मर बहादुर योङहाङ, गिता दर्जी ,राजकुमार माझी चयन भएका छन । त्यसैगरि वडा नम्बर १० को अध्यक्षको लागी नरेन्द्र लिम्बु (बिकास) र सदस्य हरुमा चन्द्रकला लिम्ब ु दिलिप रिषीदेब , अर्जुन लिम्बुलाई चयन गरिएको छ ।

वडा नम्बर ११ को अध्यक्षमा बादल राई ,सदस्यहरुमा मोतीखर भण्डारी ,मन्जरा राई , हेमकुमार राई, पबित्रा बिक चयन भएका हुन । यस्तै वडा नम्बर ८ को अध्यक्षमा दलकुमार शेर्मा र वडा नम्बर ४ को सम्पुर्ण टिम सहित अन्य छुटेका वडा सदस्यहरुको नाम भने अर्को भेलाले टुङगो लगाउने पाटीका नगर अध्यक्ष लावतीले जानकारी दिएका छन ।

पहिचानमा अधारित लिम्बुवान सहितको १० जोड १ प्रान्त माग गरिरहेको अवस्थामा चुनाबी मैदानमा होमिएको हो । यस पाटीले नगरको समृद्ध बिकासमा जोड दिदै आवश्यक अनुसार आफ्नो पहिचान र मुद्धालाई सर्बोपरि ठानी देश र जनाताको हितमा काम गर्न सक्ने पाटी भएकोले आसन्न स्थानीय तहको निर्बाचनमा दाप सहितको खुकुरी चिन्हमा मतदान गरि लिम्बुवान पाटीलाई जिताउन सबै नगरबासी समक्ष अपिल समेत गरेको अध्यक्ष लावतीको भनाइ छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु