
मेचीनगर,२८ चैत । किरात याक्थुड्ं चुम्लुड्ं मेचीनगरको अध्यक्षमा धनप्रसाद केरूड्ं चयन भएका छन् ।
चुम्लुड्ंको सभाहलमा सम्पन्न छैठौं अधिवेशनबाट केरूड्ं अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
गत चैत १९ गते अधिवेशनको उद्घाटन भएको थियो । सोमबार निर्वाचन समितिले नयाँ नेतृत्व सर्वसम्मतमा चयन गरेको हो । समितिकोउपाध्यक्षमा बीर बहादुर वेघा,सचिव मिना इजम लिम्बू, सहसचिव राजेन्द्र इधिंगो र कोषाध्यक्षमा मिन माया लिड्ंखिम इधिड्ंगो चयनभएका छन् ।
त्यस्तै सदस्यहरूमा मणि कुमार लिम्बू,भूमिका लिम्बू फियाक,ओम प्रकाश खापुड्ं,भुमादेवी आड्ंदेम्बे,तिलकचन सम्बाहाम्फे,याकुमतुम्बाहाम्फे,प्रकाश कन्दड्ंवा,राज कुमार थेवे,सन्तोष साँवा,बुद्द तिगेला,प्रतिमा साम्यो,लोक बहादुर आड्ंबो,विर बहादुर लिम्बू,प्रदिपमादेन,अर्जुन इजम र मन कुमारी लिम्बू (मनिषा) रहेका छन् ।
नवनिर्वाचित समितिलाई किरात याक्थुड्ं चुम्लुड्ंका पुर्व अध्यक्ष हर्क फियाक,पुर्व जिल्ला अध्यक्ष टेक बहादुर आड्ंदेम्बे सल्लाहकारक्याप्टेन गोपिलाल लिड्ंदेन लगायतले शुभकामना दिएका थिए ।

