adv

गठबन्धनले धरानमा नगरसहित सबैवडामा बाँडफाड टुङ्ग्यायो, कसले कुन वडा पाए?

धरान ।  बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा धरानमा सत्तारुढ चार दलहरुबीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ ।

लामो रस्साकस्सी तथा छलफल पछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबीच चुनावी गठबन्धन गर्ने सहमति भएको हो ।

गठबन्धन दलहरुले आज बिहान पत्रकार सम्मेलन गर्दे सहमतिको खाका सार्वजनिक गरेका छन् । धरानमा कांग्रेसले मेयरसहित १३ वटा वडा पाएको छ । वडा नं १, २, ५, ६, ७, ८ ९, ११, १२, १३, १४, १६ र १८ कांग्रेसको भागमा परकेो छ ।

माओवादी केन्द्रले उपमेयरसहित ३, १५, १७ र २० वडा पाएको छ । यस्तै, जसपाले वडा नं १० र १९ पाएको छ भने नेकपा एसले वडा नं ४ पाउने सहमति भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु