adv

छाता चिह्नमा मतदान गर्ने माहोल बनाउन जसपाका उम्मेद्वारहरुको आग्रह

१४ बैशाख, दमक ।


स्थानीय तह निर्वाचनमा एक्लै भिड्ने निर्णय गरी नगर प्रमुखसहित विभिन्न पदमा उम्मेद्वारी दिएका जनता समाजवादी पार्टी, नेपाल (जसपा) का उम्मेद्वारहरुले पार्टीको आधिकारिक चुनाव चिह्न छातामा मतदान गर्ने माहोल बनाउन आग्रह गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै जसपाका उम्मेद्वारहरुले दमकवासीहरुमा छाता चुनाव चिह्नमा मतदान गर्ने वातावरण निर्माण गर्न पार्टीसमबद्ध सबैलाई आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ –‘ पार्टीका आधिकारिक उम्मेद्वारहरुलाई निर्वाचनमा विजयी गराउन तमाम पार्टी पंक्ति, सबै नेता कार्यकर्ताहरुलाई मत माग्ने र पार्टीका उम्मेद्वारहरुको पक्षमा माहोल बनाउन व्यापक परिचालित हुन यसै विज्ञप्तिमार्फत अनुरोध गर्दछौं ।

नगर प्रमुखका उम्मेद्वार पवन विष्टसहित वडा सदस्यका उम्मेद्वारहरुले जारी गरेको विज्ञीप्तमा आधिकारिक चुनावी टिकटसहित जसपाका तर्फबाट छाता चुनाव चिह्नबाट पार्टीका आधिकारिक उम्मेद्वारहरुले निर्वाचन लड्ने उल्लेख छ ।

जसपाका नाउँमा केही नेताहरुले गठबन्धनमा सहभागी भएको भनी दुस्प्रचार गरेको उम्मेद्वारहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टी र चुनाव चिह्न विरोधी गतिविधि नगर्न जसपाका उम्मेद्वारहरुले विज्ञप्तिमार्फत सचेत गराएका छन् ।

विज्ञप्तिमा प्रमुख पदका उम्मेद्वार विष्टसहित वडा नम्बर २ का खुला सदस्य युदबहादुर लावती, वडा नम्बर ७ का खुला सदस्य उम्मेद्वार दिपबहादुर भुजेल, महिला सदस्य उम्मेद्वार हिमाकुमारी राई, वडा नम्बर ८ की महिला सदस्य उम्मेद्वार पदमकुमारी राई र वडा नम्बर ९ का खुला सदस्य दुर्गा तामाङले हस्ताक्षर गरेका छन् । उनीहरुले बैशाख १२ गते जसपाको आधिकारिक चुनावी टिकटसहित मनोनयन दर्ता गरेका थिए ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु