माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका ६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका प्रदिप साङपाङले ८ सय ३० मत प्राप्त गर्दै अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि विजयी भएका छन् ।
माङसेबुङ गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साङपाङका प्रतिष्पर्धी कांग्रेसका जीवनकुमार राईले ३ सय ३४ मत पात्र पाएका थिए ।
सदस्यहरुमा समेत एमालेको प्यानल विजयी भएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए । महिला सदस्यमा पुनम सम्बाहाम्फे ६९६ र सदस्यहरुमा खगेन्द्र खड्का ६६६ र दिवस राई ७४० मत प्राप्त गरी विजयी भएका छन् ।
महिला सदस्यका प्रत्यासी कांग्रेसकी कविता राई ३८०, सदस्यहरुमा आशिष राई ३८८ मत र गोविन्द खड्का ३२१ मत मात्र पाएका थिए । यस वडामा दलित महिला सदस्यमा नेकपा एमालेको मात्र उम्मेदवारी रहेकोले धनमाया वि.क. निर्विरोध निर्वाचित भएकी थिइन् ।
गाउँपालिका अध्यक्षमा समेत एमालेले अग्रता लिएको छ । एमालेका हेमन्त राईले ८ सय ९६ मत पाउँदा कांग्रेसका डिकेन्द्र इदिङ्गोले २ सय ७१ मत मात्र पाएका छन् । उपाध्यक्षमा एमालेकी सुनिता सुब्बाले ६ सय ८४ मत पाउँदा जनता समाजवादी पार्टीका विनोद नेम्बाङले ३ सय ५२ मत पाए ।
सो वडामा १ हजार ८ सय ७६ मतदाता रहेकोमा १ हजार २ सय ३४ मत मात्र खसेको थियो ।
मतपरिणाम हेर्नुहोस्
अध्यक्ष
हेमन्त राई (नेकपा एमाले): ८९६ मत
डिकेन्द्र इदिङ्गो (नेपाली कांग्रेस) : २७१ मत
उपाध्यक्ष
सुनिता सुब्बा (नेकपा एमाले) : ६८४ मत
विनोद नेम्बाङ (जनता समाजवादी पार्टी) : ३५२ मत
वडा अध्यक्ष
प्रदिप साङपाङ (नेकपा एमाले) : ८३० मत (विजयी)
जीवनकुमार राई (नेपाली कांग्रेस) : ३२४ मत
महिला सदस्य
पुनम सम्बाहाम्फे (नेकपा एमाले) : ६९६ मत (विजयी)
कविता राई (नेपाली कांग्रेस) : ३८० मत
सदस्य
खगेन्द्र खड्का (नेकपा एमाले) : ६६६ मत (विजयी)
दिवस राई (नेकपा एमाले) : ७४० मत (विजयी)
आशिष राई (नेपाली कांग्रेस) : ३८८ मत
गोविन्द खड्का (नेपाली कांग्रेस) : ३२१ मत