adv

लायन्स क्लब अफ दमक गोल्ड वर्ष २०२२/२३ का लागि नवीन ताम्राकार

पद हस्तान्त्रण तथा पद ग्रहण कार्यक्रम पछि लायन्स क्लब दमक गोल्डका पदाधिकारी तथा सदस्यहरु

कविध्वज राई, दमक, १४ असार । लायन्स क्लब अफ दमक गोल्ड वर्ष २०२२/२३ का लागि अध्यक्षमा लायन नवीन ताम्राकारले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार दमकको संस्कार भवनमा सम्पन्न पद हस्तान्त्रण तथा पद ग्रहण कार्यक्रमबाट ताम्राकार एक वर्षका लागि अध्यक्ष पदमा चुनिएका छन् ।

नवनिर्वाचित ताम्राकारलाई निवर्तमान अध्यक्ष श्याम तिमसिनाले मेडल तथा प्रेसिडेन्ट ब्याज प्रदान गरेका थिए । सामाजिक सेवामा विगत लामो समय देखि काम गर्दै आएका ताम्राकार नेपाल लाइफ इन्स्योरेन्स विमा परामर्शदाता, सिनियर एजेन्सी म्यानेजरको रुपमा समेत काम गर्दै आएका छन् ।

कार्यक्रममा वर्ष २०२२/२३ का अध्यक्ष नवीन ताम्राकार, प्रमुख अतिथि काशि खाती र फस्टलेडि विजया ताम्राकार

दमक गोल्डका प्रथम उपाध्यक्षमा लायन नन्दकुमार राई निर्वाचित भएका छन् । राईं समाजसेवासँगै दमकका लागि गोल्डस्टार ब्राण्डका सोरुम सञ्चालक हुन् । सचिवमा लायन डा. हेमराज गैरे रहेका छन् । डा. गैरे दमकमा ऊँ शान्ति डेन्टल हस्पिटल सञ्चालन गर्दै आएका छन् ।

कोषाध्यक्षमा रेवती घिमिरे रहेका छन् । घिमिरे लामो समय देखि सामाजिक सेवामा सक्रिय छन् । त्यसै गरी दोस्रो उपाध्यक्षमा बसन्त प्रसाद उपाध्याय, तेस्रो उपाध्यक्षमा सुरज लिम्बु, सहसचिवमा घनश्याम रिजाल, सहकोषाध्यक्षमा भूमिका प्रसाई, मेम्बरसिप चियरपर्सन समिप श्रेष्ठ, क्लब सर्भिस चियरपर्सन विनोद भट्टराई र क्लब डाइरेक्टर मेघराज थापा रहेका छन् ।

निवर्तमान अध्यक्ष लायन श्याम तिमसिनाको अध्यक्षतामा तथा जोन चियर पर्सन लायन काशी खातिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि जोन चियर पर्सन लायन रिङकुमार आचार्य, क्लव डाइरेक्टर राम रिमाल र चिरन न्यौपाने साथै अन्य लायन सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा फस्टलेडि विजया ताम्राकारको पनि उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु