७ साउन, दमक ।

शनिबार देशभर थप ३ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९६ जनाको कोरोना परीक्षण गरिएकोमा सो संख्यामा संक्रमति पाइएको हो ।
जसमध्ये एक हजार ८८ जनाको पिसिआर र एक हजार ९ सय ८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
पिसिआरबाट दुई सय १६ र एन्टिजेनबाट एक सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार शनिबार नै कोरोना जितेर ८६ जना उपचारपछि अस्पतालबाट घर फर्किएका छन् ।
हाल देशभर २ हजार ९ सय ७१ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित कसैको ज्यान गएको छैन ।

