adv

गुटबन्दीबाट पार्टी जोगएँ : ओली


दमक, १५ साउन । 
कार्यकर्ताको सहयोगमा माधव, प्रचण्डहरुको गुठबन्दीबाट नेकपा एमाले पार्टीलाई बचाउन सफल भएको एमाले अध्यक्ष केपी ओलीले बताएकाछन् ।

नेकपा एमाले चुलाचुली गाउँ पालिका कमिटी इलामले शनिबार वाह्रगोठेमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा चुलाचुलीमा भएको हार एमालेलेको मात्र नभएर चुलाचुलीवासीकै हार भएको बताउदै त्यसवाट पाठ सिकेर सफलता हात पार्न अब अघि बढ्नुपर्ने ओलीको भनाइ थियो ।

पार्टी जीवनमा भएको आन्तरिक कमीकमजोरीलाई सुधार गर्दै आउदो संघीय र प्रदेशको निर्वाचनमा जित हात पार्नको लागि तयारीमा लाग्न पूर्व प्रधानमन्त्री ओलीले कार्यकर्तालाई निर्देशनसमेत दिए।

साउन ११ गतेदेखि आफनो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्वर ५, गृह जिल्ला झापा, गृह नगर दमकका बसी नेता ,कार्यकर्ता र सर्वसाधारण मतदातालाई भेटघाट गरेर उनी शनिबारै काठमाण्डौं फर्किएका ओलीको सचिवलयले जनाएको छ ।

शनिबार नै ओलीले संघीय लिम्बुवान मन्च छाडेर स्वतन्त्र चुनाव लडेका चुलचुली १ का तिलक बम फागो समूहलाई एमाले प्रवेश गराएका हुन् ।

एमाले चुलाचुली गाउँ कमिटी अध्यक्ष दिलु लावतीको अध्यक्षतामा भएको कार्यक्रममा नेता ओलीले नवप्रवेशीहरुलाई स्वागत गर्दै समाजमा सद्भाव र सुशान कायम गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा संविधान सभाका अध्यक्ष एवम एमाले संसदीय दलको उपनेता सुवास नेम्वाङ्गले नवप्रवेशीहरुलाई स्वागत गर्दै इलामको क्षेत्र नम्बर २ विकासको हिसावले बिगतमा कर्णली प्रदेश रहे पनि अहिले पुल, सडक कालोपत्रे गर्दै बिकासमा अघि बढेको बताए ।
अहिले पनि झोलुङे पुल, मदन भण्डारी राजमार्ग जोड्ने पुल निर्माण आउदो मंसिर सम्म निर्माण कम्पनीले जानकारी दिएको बताउदै उपनेता नेम्वाङ्गले निर्वाचन क्षेत्रको बिकासमा निरन्तर लागि रहने जिकिर गरे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु