adv

मंगलबार थपिए ८ सय १४ जना कोरोना संक्रमित

१७ साउन, दमक ।

मंगलबार देशभर थप ८ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

५ हजार ४ सय १५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५ सय ९ जना र एन्टीजेन विधिबाट ३ सय ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार नै २ सय ९९ जना कोरोना जित्न सफल भएका छन् । नेपालमा कोरोना निको हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ ।
मंगलबार थपिएको संक्रमित संख्यासँगै देशभर सक्रिय संक्रमित संख्या ५ हजार १ सय ४४ पुगेको छ ।

नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ११ हजार ९ सय ६८ जनाको मृत्यु भइसकेको छ । मंगलबार नै थप ११ हजार ५१३ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु