adv

कारोना संक्रमित २ जनाको मृत्यु

४ भदौ, दमक ।


शनिबार कोरोना संक्रमित २ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

शनिबार नै थप २ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार ४ हजार ३ सय ३७ जनामा गरिएको नमूना परीक्षणमा २ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।

१ हजार ६ सय ७० जनामा पीसीआर परीक्षण गर्दा १ सय ८० जना र २ हजार ६ सय ६७ जनामा एन्टिजेन परीक्षण गर्दा १ सय १९ जनामा संक्रमण पत्ता लागेको मन्त्रालयको भनाइ छ ।

पछिल्लो २४ घण्टामा ५ सय ७७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ४ हजार ६ सय २५ रहेको मन्त्रालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु