adv

एमालेको उद्गमस्थल झापा : ओली

४ भदौ, दमक ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको उद्गमस्थल नै झापा जिल्ला रहेको बताएका छन ।

शनिबार झापाको बिर्तामोडमा अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले भने –‘झापा सहिदको भूमि हो । झापा एमालेको उद्गमस्थल हो । यो चेतनाको भूमि पनि हो ।’

पार्टी भातृ संगठन अखिल नेपाल महिला संघको जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले पार्टीनिकट महिलाहरुलाई यहि सन्देश लिएर मतदाताको बीचमा जान निर्देशन दिए ।

नारी शक्ति जुरुक्क उठेर सबै खाले गठबन्धनलाई परास्त गर्नुपर्नेमा जोड दिँदै ओलीले झापा विद्रोहको भूमि हो भन्ने सन्देश झापाली महिलाहरुले आउने निर्वाचनबाट दिनुपर्ने जिकिर गरे ।

नेकपा एमाले मात्र स्पष्ट दृष्टिकोण बोकेको पार्टी रहेको दावी गर्दै उनले निरंकुश राजतन्त्र फ्याँक्ने एमालेका लागि कांग्रेस नेतृत्वको सत्ता गठबन्धन झुसे बारुला मात्र भएको टिप्पणी गरे ।

ओलीले यतिबेला पार्टीको मूल लक्ष्य आउँदो मंसिरमा चुनाव जित्ने मात्र भएको जिकिर गरे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु