काठमाडौ,२६ भदौ । किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको अध्यक्षमा दिर्ज काङभा लिम्बू चयन भएका छन् ।
आइतबार सम्पन्न चुम्लुङको १२औ महाधिवेशन बाट लिम्बू अध्यक्षमा चयन भएका हुन् ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा सन्तोष खेवा र उपाध्यक्षमा देवेन्द्र काङभा र चिनाहाङ पंधाक भएका भएका छन् ।
महासचिब भने अबको कार्यसमितिको बैठकले मनोनीत गरेर चयन गर्ने अध्यक्ष लिम्बूले वताए ।
त्यसैगरी सचिबमा कविराज ताम्लिङ ,सह सचिबमा अर्जुन सेन्दाङ,कोषाध्यक्षमा बिरेन लिङदेन र सहकोषाध्यक्ष डम्बर केदेम चयन भएका छन् ।
सदस्यहरू सुर्य काङभा,मणि संयक लिम्बु,नविन थोक्लेन,माङसा लुङमा तुम्बापो र उतम कुमार थोक्लेन भएका छन् ।