२७ असोज, दमक ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टी विरोधी गतिविधि गरेको भन्दै नेकपा एमाले झापाले ३ जना कार्यकर्तालाई कारवार्ही गरेको छ ।
निर्वाचन क्षेत्रहरुमा पार्टी निर्णयको बर्खिलाप हुने गरी स्वतन्त्र उम्मेदवारी दिने अन्य पार्टीको चुनाव चिन्हबाट उम्मेदवार बन्ने सम्मका पार्टी विरोधी गतिविधि गर्ने कार्यकर्तालाई साधारण सदस्य पनि नरहने गरि एमाले द्धारा कारवार्ही गरको विज्ञप्तिमा उल्लेख छ ।
कारबाहीमा पर्नेहरुमा पार्टी विरोधी गतिविधि गर्ने झापा अर्जुनधाराका हरिकुमार राना, शिवसताक्षीका होमप्रसाद गौतम र पार्टी जिल्ला कमिटीका सचिवालय सदस्य डम्बर गिरीलाई साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरिएको एमाले झापा अध्यक्ष दिपक कार्कीबाट हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरेको छ ।
पार्टी निर्णयको विरुद्धमा प्रत्यक्ष परोक्ष गतिविधिमा संलग्न जो कोही नेता कार्यकर्ताहरुको पहिचान गरी तत्काल कारवाही गरिने विज्ञप्ति उल्लेख छ ।
पार्टीले अघि सारेका र समर्थन गरेका उम्मेदवारहरुलाई जिताउन आ-आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्न पार्टीका जिम्मेवार नेता कार्यकर्ता सवैलाई जिल्ला अध्यक्ष कार्कीले निर्देशन दिएका छन् ।
स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीसंग चुनावी तालमेल गरिएको जानकारी गराउदै चुनावी तालमेलमा राप्रपाको हलो चुनाव चिन्हमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.३ मा उम्मेदवार बन्नुभएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (ख)बाट सविना बजगाई र प्रदेशसभा निर्वानचन क्षेत्र नं. ४(ख)बाट भक्तिप्रसाद सिटौला उम्मेदवार रहेका छन् ।
झापाकोअन्य निर्वाचन क्षेत्रहरुमा एमालेका सूर्यध्वजावाहक उम्मेदवार ,राप्रपाको उम्मेदवारहरुलाई मतदान गरी विजयी गराउन पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक, सम्पूर्ण मतदाताहरुसंग एमाले झापाले अपिल गरेको विज्ञप्तिमा उल्लेख छ ।