adv

बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर प्रवेशद्वारको शिलान्यास, सेनाको श्री भीमदल गणले निर्माण गर्ने

बिनु चेम्जोङ ।
३ कार्तिक, धनकुटा ।

धनकुटाको हिले बजारस्थित धार्मिक पर्यटकीयस्थल बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर प्रवेशद्वार नेपाली सेनाको श्री भीमदल गण धनकुटाले निर्माण गर्ने भएको छ ।

बिहीबार एक कार्यक्रमका बीच मन्दिर प्रवेशद्वारको गणका गणपति प्रमुख सेनानी सुमन थापाले शिलान्यास गरेका हुन् ।

नेपाली सेनाको कुइक ईमप्याक्ट प्रोजेक्ट (क्युआईपी) अन्तर्गत आर्थिक वर्ष २०७९/८० को १० लाख बजेटमा उक्त गेट निर्माण गर्न लागिएको हो ।
नेपाली सेनाले धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्थलहरुको संरक्षण, प्रवर्द्धन गर्दै आएको गणपति थापाले बताए । साथै उनले प्रवेशद्वारले स्थानीयस्तरमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

प्रवेशद्वारको लागि आवश्यक जग्गा स्थानीय सुन्दर खड्काले निःशुल्क प्रदान गरेका हुन् ।

शिलान्यास कार्यक्रमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालचन गोङ्बाले भीमदल गण धनकुटा लाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता महत्त्वपूर्ण सहयोगको अपेक्षा रहेको बताए ।

उक्त कार्यक्रमा धनकुटा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष ओङ्दा तामाङ्, बजार ब्यवस्थापन समितिका पदाधिकारी, स्थानीयवासी र सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु