adv

चतुरे गोलकपः सिक्तेम्बा र माङमालुङ अन्तिम चारमा

सजन राई, माङसेबुङ । माङसेबुङ ३ चतुरेमा जारी चतुरे गोलकपको दोस्रो चरणको खेल अन्तर्गत मंगलबार भएको खेलमा सिक्तेम्बा ‘ए’ र माङमालुङ विजयी भएका छन् ।

मंगलबार भएको पहिलो खेलमा सिक्तेम्बा ‘ए’ले पावा ‘ए’ लाई पराजित गरेको थियो । खेल सुरु भएको पहिलो मिनेटमा नै सिक्तेम्बाका जर्सी नम्बर ८का रुपेन लिम्बुले गोर गरेका थिए । निकै प्रतिश्पर्धात्मक भएको खेलको निर्धारित समयमा थप कुनै पनि गोल हुन नसक्दा लिम्बुले गरेको गोल नै निर्णायक गोल बनेको थियो ।

प्रतियोगिताको मंगलबार भएको दोस्रो खेल अन्तर्गत इभाङ एफसी विरुद्ध १–३ कोे नतिजा निकाल्दै माङमालुङ फुटबल क्बल क्वाटरफाईनल प्रवेश गरेको हो । माङमालुङका लागि सन्दिप राईले २ गोल गरे भने अरुण राईले १ गोलको योगदान गरे । इभाङको तर्फबाट निमा तामाङले गोल गरेका थिए ।

पहिलो हाफको १६औं मिनेटमा इभाङका निमा तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । तर २१औ मिनेटमा माङमालुङका अरुण राईले गोल गर्दै नतिजा बराबरी बनाएका थिए ।

दोस्रो हाफको १२औं मिनेटमा माङमालुङका सन्दिप राईले गोल गरे । खेलको २८औैं मिनेटमा सन्दिप राईले पुनः गोल गर्दै टिमलाई ३–१ को नतिजा दिलाएका थिए ।

२०७९ को शुभदिपावलीको अवसरमा ‘माङसेबुङ–३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले आयोजना गरेकोप्रतियोगितामा इलाम र पाँचथरका २८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको फाइनल कात्तिक १८ गते हुनेछ । प्रतियोगिताका विजेताले नगद ५० हजार ७९ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्रपाउने छन् भने उपविजेताले नगद ३० हजार ७९ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु