८ मंसिर, दमक ।

सत्ता गठबन्धनका हेवीवेट उम्मेद्वार कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पाखा लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन
झापा क्षेत्र नम्बर ३ निर्वाचित भएका छन् ।
बिहीबार अपरान्ह प्राप्त अन्तिम मतपरिणामा लिङ्देनले ३ हजार २ सय ७६ मतको अन्तरले सिटौलालाई पाखा लगाएका हुन् ।
दोस्रो पटक संसद् छिर्देगरेका उनले ४० हजार ६ सय ४८ मत पाए भने सिटौला ३७ हजार ३ सय ७२ मतमै सीमित हुन पुगे ।
कुल १ लाख ३१ हजार ४ सय ३२ मतदाता रहेको झापा ३ मा ८९ हजार ६ सय ३७ मत खसेको थियो ।
२०७४ को निर्वाचनमा लिङ्देनले १३ हजार ४ सय ४३ मतको अन्तरले सिटौलामाथि विजय प्राप्त गरेका थिए ।

