adv

पहिचानप्रति राजनीति सकारात्मक भएन : अशोक राई

पुष, दमक

जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष  अशोक राईले नेपालको राजनीति पहिचानप्रति सकारात्मक हुननसक्नु नै प्रमुख समस्या रहेको आरोप लगाएका छन्

पहिचानले राष्ट्रलाई एकताबद्ध बनाउने भए तापनि राजनीतिले पहिचानलाई बक्रदृष्टि राकेको आरोप लगाएका हुन्

शनिबार राजधानीमा आदिवासी जनजाति चलचित्र महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै परिषद् अध्यक्ष राईलेपहिचानलाई गलत बुझ्ने राजनीतिको समस्यालाई हल नगरेसम्म देशले विकास स्थायीत्व प्राप्त गर्न नसक्ने ठोकुवा गरे

सुनसरी बाट निर्वाचित उनले पहिचान आदिवासी जनजातिहरुको मात्रै पेवा नभएको समेत जिकिर गरे

पूर्व मन्त्रीसमेत रहेका राईले भने -‘नेपालमा बस्ने नेपालीहरु हरेकको आफ्नो भाषा, धर्म, संस्कृति, मूल्यहरु सबै पहिचान होत्यसैले सबैलाई सम्मान सबैको पहिचान भन्ने नै उपयुक्त नारा हुने

राज्यले आदिवासी जनजाति चलचित्रहरुलाई मात्रै नभएर समग्र नेपाली चलचित्र क्षेत्रलाई नै मद्दत गर्नुपर्नेमा जोड दिँदै राईले नेपालीचलचित्रहरुले बलिउड चलचित्रहरुलाई थोरै भए पनि विस्थापन गर्न सकेको खण्डमा राष्ट्रिय अर्थतन्त्र निर्माणमा बल पुग्ने बताए

कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्ती, चलचित्र विकास बोर्डका पूर्वअध्यक्षराजकुमार राई, चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का लगायत जनजातिजन्य संगठनका प्रतिनिधिहरु उपस्थित थिए

महाधिवेशनको बन्दसत्र आइतबार बिहान बजेदेखि नयाँ बानेश्वरमा हुनेछ जसले आगामी तीन वर्षका लागि नयाँ कार्यसमितिगठन गर्ने आयोजकले जानकारी दिएका छन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु