१२ पुष, दमक ।

बिवाईएससी मिन्नेसोटा अमेरिका दमक ३ बेलडाँगीमा जारी प्रथम आमन्तृत जयहुँमागाई स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
सोमबार सम्पन्न सेमीफाइनलमा शान्तिनगर फुटबल क्लब सुनसरीलाई ५-० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै बिवाइएससी मिन्नेसोटा फाइनल प्रवेश गरेकोहो ।
फराकिलो जित दर्ज गर्न बिवाइएससीका जर्सी नम्बर ३० रेनेसन्तिल्लनले पहिलो हाफमै २ गोल गरेका थिए । उनी खेलको मेन अफ दी म्याच बने ।
त्यस्तै खेलको दोस्रो हाफमा जर्सी नम्बर ३० सुदिप तामाङ, जर्सी ७ हेक्टर ओर्टेगार जर्सी १५ का अनुज भट्टराईले क्रमश: १/१ गोल थपे ।
उपाधिको लागि अब उसले पहिलो सेमीफाइनलमा एभनिर फुटबल क्लब क्यामरुनलाई पराजित गरेको टीम सह्लेश युवा क्लब सिरहासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताका विजेताले नगद ५ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ३ लाखसहित पुरस्कार प्राप्त गर्ने छन् ।
उत्कृष्ट खेलाडी, अधिक गोलकर्ता र उत्कृष्ट गोल किपरले समान २५ हजारकादरले पुरस्कार प्राप्त गर्ने छन् ।
पुष ६ गतेबाट सुरु प्रतियोगितको फाइनल खेल भोलि बुधबार १ बजेबाट हुनेआयोजक जय हुँमागाई मेमोरियल ट्रस्टले जनाएको छ । प्रतियोगितामा देश तथा विदेशका गरी ८ टीम सहभागी थिए ।

