महिला उपाध्यक्षसहित १० पदमा निर्विरोध, अरुमा कडा प्रतिस्पर्धा हुँदै
२ माघ, दमक ।
दमक उद्योग बाणिज्य संघमा महिला उपाध्यक्षसहित वस्तुगत सदस्यतर्फ र लेखासमिति सदस्यका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
सोमबार दिउँसो २:३० बजेसम्म उम्मेदवारी फिर्ताको अन्तिम समय रहेकोमावस्तुगततर्फ ७ र लेखा समितिको २ सदस्य पदमा निर्विरोध भएको निर्वाचनसमितिका संयोजक लीला गुरागाईले जानकारी दिए ।
यसअघि नै महिला उपााध्यक्ष पदमा शुष्मा निरौला केसी निर्विरोध निर्वाचितभैसकेकी छन् ।
वस्तुगतमा मोवाइलबाट भेनस श्रेष्ठ, रेडिमेडबाट संजीव बराल, सुनचाँदीबाटविवेक श्रेष्ठ, अटो मोबाइलबाट प्रकाश नेपाल, ग्यासबाट तिलक डाँगी, भाडावर्तनबाट अञ्जना ताम्राकार र किरानाबाट दिपकप्रसाद गौतम रहेकानिर्वाचन समितिले जनाएको छ ।
७ जना सदस्य रहने बस्तुगतमा ८ जनाको उम्मेदवारी परेको थियो । अन्तिमसमयमा रिंगकुमार आचार्यले उम्मेदवारी फिर्ता लिएपछि वस्तुगततर्फ सबै सदस्यनिर्विरोध भएका हुन् ।
यस्तै, एक संयोजकसहित ३ सदस्यीय लेखा समितिको सदस्यमा पदम राउत रषडानन्द घिमिरेको मात्रै उम्मेद्वारी परेकोले दुवै जना निर्विरोध निर्वाचित भएका छन्।
कुन कुन पदमा हुँदैछ निर्वाचन ?
दमक उद्योग बाणिज्य संघको विधानमा २५ सदस्यीय कार्य समितिमध्ये २१ पदहरुमा र लेखा संयोजक सहित २ सदस्य पदका लागि निर्वाचन हुने व्यवस्था छ ।
दमक उद्योग बाणिज्य संघ निर्वाचनआगामी नेतृत्व चयनको लागि अध्यक्ष पदमा निवर्तमान वरिष्ठ उपाध्यक्ष गोपालगुरागाईं र अघिल्लो पटक अध्यक्षका प्रत्यासी बिमल खतिवडाबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।
गुरागाईंलाई कांग्रेस र राप्रपाको केन्द्रकोबलियो समर्थन रहेको बताइएको छ ।
उनी अध्यक्षको प्रत्यासी हुन अघि मात्रै एमाले र सो निकट व्यवसायीहरुको संगठनत्यागेर कांग्रेस प्रवेश गरेका थिए ।
खतिवडालाई भने एमाले र माओवादी केन्द्रको बलियो समर्थन रहेको बताइएकोछ ।
दुवै उम्मेद्वारले आ–आफ्नो प्यानलले अत्यधिक मत पाएर जित्ने दावी गरेका छन् ।
गुरागाईं नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजु खड्का, प्रथम उपाध्यक्षमाराजकुमार यङ्या, द्वितीय उपाध्यक्षमा ज्ञाननाथ पौडेल (ज्ञानु) र तृतीयउपाध्यक्षमा रुबल अधिकारी उम्मेद्वार बनेका छन् ।
त्यस्तै खतिवडा नेतृत्वको प्यनलबाट वरिष्ठ उपाध्यक्षमा राजन दंगाल, प्रथमउपाध्यक्षमा भरत चम्लागाईं, द्वितीय उपाध्यक्षमा बिन्दु (लक्की)सिटौला र तृतीयउपाध्यक्षमा असिम राई उम्मेद्वार बनेका छन् ।
खुला सदस्यतर्फ ६ जना निर्वाचित हुनुपर्नेमा १२ जनाको उम्मेद्वारी यथावत रहेकोनिर्वाचन समितिले जनाएको छ ।
जसमा गुरागाईं नेतृत्वको प्यानलबाट कमल कटुवाल, टिकाराम खतिवडा, तुलसीराम तिम्सिना, मोहन सिवाकोटी, सुबासचन्द्र गड्तौला र हेमसागरअधिकारी उम्मेद्वार छन् ।
खतिवडा नेतृत्वको प्यानलबाट मोहन मगर (मिन), उमेश गजमेर, लोकनाथसापकोटा, चिरन न्यौपाने र डम्बरबहादुर खड्का खुला सदस्यको उम्मेद्धवार रहेकाछन् ।
२ महिला सदस्य निर्वाचित हुनुपर्नेमा ३ जनाको उम्मेद्वारी परेको छ ।
जसमा गुरागाईं नेतृत्वको प्यानलबाट गंगादेवी अधिकारी र संगीता तुम्बापोचुनावी मैदानमा छन् भने खतिवडा नेतृत्वको प्यानलबाट कविता अधिकारी चुनावीमैदानमा छिन् ।
नयाँ नेतृत्व चयनको लागि माघ ६ गते निर्वाचन हुँदैछ । यस पटकको बाणिज्य संघनिर्वाचनमा २ हजार १६ जनाले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।




