३ माघ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ ले मंगलबार मन्त्रिपरिषद विस्तार गरेका छन् ।
सत्ता साझेदार विभिन्न ५ दलका १२ जना मन्त्री र ३ राज्यमन्त्री गरी दाहालले २३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
दाहाल नेतृत्वको विस्तारित मन्त्रिपरिषदका सदस्यहरुलाई आजै राष्ट्रपति निवासमा सपथ गराइएको हो ।
आज विस्तारित मन्त्री मण्डलमा नेकपा माओवादी केन्द्रबाट रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि, सुदन किराँतीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अमनलाल मोदीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रूपमा जिम्मेवारी पाएका छन् ।
त्यस्तै सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेकी छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष समेत रहेका राजेन्द्र लिङ्देनले उपप्रधानसहित ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रीकोजिम्मेवारी पाएका छन् ।
राप्रपाबाटै ध्रुवबहादुर प्रधान कानुनमन्त्री र बनेका छन् विक्रम पाण्डे सहरी विकास मन्त्री बनेका छन् भने दीपकबहादुर सिंहले ऊर्जाराज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
नेकपा एमालेबाट हरि उप्रेती रक्षा, विमला राई पौडेल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, ज्वालाकुमारी साह कृषि, दामोदर भण्डारी उद्योग र राजेन्द्र राई भूमि व्यवस्था, सहकारी तथागरिबी निवारणमन्त्री बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि, डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा र डा. तोसिमा कार्कीले स्वास्थ्य राज्यमन्त्री को जिम्मेवारी पाएका हुन् ।
जनमत पार्टीबाट अब्दुल खान खानेपानी मन्त्री भएका छन् ।
गत पुष ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै शपथ लिएका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलेउपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधान एवं अर्थ र राष्ट्रिय स्वतन्त्र पार्टीकासभापति रवि लामिछानेले उपप्रधान एवं गृह मन्त्रालयको जिम्मेवारी पाएका थिए ।




