adv

दमकमा हात्ती आतंक बढ्यो, राहत ब्यवस्थापन गर्न समिति

३ माघ, दमक ।

झापाको दमक स्थित गोलाटारमा जंगली हात्तीले घर भत्काएर अन्न नष्टगरेपछि मंगलबार दमक नगरपालिकाका प्रमुख, उप प्रमुख वडा अध्यक्षसहितसुरक्षा निकायका प्रतिनिधिले अनुगमन गरेका छन्

नगर प्रमुख रामकुमार थापा, उप प्रमुख रेगिना भट्टराई प्रसाईं,  दमक वडा नम्बर का वडा अध्यक्ष नवीन बराल, वडा नम्बर का वडा अध्यक्ष प्रजापतिसापकोटालगायतले हात्तीको आक्रमण क्षति बारे अलग अलग अनुगमन गरेकाहुन्

क्षतिबारे प्रहरी चौकी बाघखोर बेलडाँगीस्थित सशस्त्र प्रहरी बलको बेसबाटसमेत आवश्यक अनुगमन भएको बताइएको

तीन वटाको संख्यामा आएको जंगली हात्तीको बथानले गएराति चन्द्र गुरागाईँ, छवि थापा, शंकर रेग्मीलगायतको घरमा क्षति पुर्याएको घरमा राखिएको अन्न नष्ट गरेको थियो

हात्तीले छावि थापाको धानको भकारी फोरेर २० मन धान खाएको पीडित थापापरिवारले बताएका छन् त्यस्तै रेग्मीको गुवालीमा राखिएको करिब मन मकैहात्तीले खाएको पीडितको भनाइ

हात्तीको बिज्याइँ बारे दमक नगरपालिकाको तर्फबाट अनुगमन गर्ने कार्य भएको सकेको राहत उपलव्ध गराइने नगर प्रमुख थापाले जानकारी दिएका छन्

दमक कै एक पसलको भित्ता सटर फोडेर हात्तीले चामल, चकलेट, बियरलगायत खाएको दमक नगरपालिकाका इन्जिनियर अनन्तप्रसाद सेनेहाङलेजानकारी दिए

मंगलबार नै दमक नगरपालिकामा विपत व्यवस्थापन समितिको बैठक बसेकोथियो

बैठकमा दमक स्थित नमूना बजारमा भएको आगलागी, हात्ती आतंक जाडोबढेको जस्ता विषयमा छलफल निर्णय भएको थियो

राहत व्यवस्थापन गर्न समिति

बिपत व्यवस्थापन समितिको मंगलबारको बैठकले नगर उप प्रमुख भट्टराईकोसंयोजकत्वमा सदस्यीय राहत व्यवस्थापन समिति गठन गरेको

समितिका सदस्यहरुमा वडा नम्बर वडा अध्यक्ष टेकबहादुर थापा, का वडाअध्यक्ष भीम पौडेल, दमक उद्योग बाणीज्य संघका अध्यक्ष, नेपाल रेडक्रससोसाईटी दमक उपशाखा अध्यक्ष, व्यवसायीहरुको तर्फबाट  राजकुमार श्रेष्ठ, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका प्रतिनिधि सदस्य रहने छन्

ईलाका प्रसासन कार्यालय दमक ईलाका प्रहरी कार्यालय दमक समेतसमितिको सदस्य रहनेछन्

समितिको सदस्य सचिवमा दमक नगरपालिकाका पूर्वाधार शाखा प्रमुख एवम्बिपत व्यवस्थापन समितिका फोकल पर्सन ईन्जिनियर अनन्त सेनेहाङ तोकिएकाछन्

राहत व्यवस्थापन समितिले नमूना बजार आगलागी पीडित ब्यापारीहरुलाई राहतउपलव्ध गराउन आवश्यक समन्वय गर्ने बताइएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु