adv

माङसेबुङ गाउँपालिकाद्वारा आदिवासी, महिला, दलित सहित ६ वटा समिति गठन

माङसेबुङ गाउँकार्यपालिकाको कार्यपालिका बैठक

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकाले १५औं कार्यपालिका बैठकबाट ६ वटा समितिहरु गठन गरेको छ । गत पौष २८ गते बसेको कार्यपालिका बैठकले गाउँपालिकास्तरीय समितिहरु गठन गरेको बुधबार गाउँपालिका प्रवक्ता सुसन राई (रुङमाहाङ) द्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

कार्यपालिका बैठकले हामी स्वयमसेवी अभियान समिति कार्यविधिमा व्यवस्था भए अनुसार गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा आठ सदस्यीय समिति गठन गरेको छ ।

समितिका सदस्यहरुमा गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहान, इभाङ प्रहरी चौकीका इन्चार्ज प्रदिप गिरी, लागूऔषध तथा विपद् व्यवस्थापनमा काम गर्ने व्यक्तिबाट विजेस राई, पत्रकारबाट सुमन लावती, नेपाल स्काउटबाट सुदिप राई रहेका छन् । सदस्य सचिवमा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडा रहेका छन् ।

बैठकले माङसेबुङ खेलकुद कार्यविधि २०७५ संशोधन गरी माङसेबुङ युवा तथा खेलकुद कार्यविधि बनाउँदै समिति पुर्नगठन गरेको हो । बैठकले अतित योङहाङको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ ।

समितिका उपाध्यक्षमा कृष्ण बुढाथोकी, सचिवमा दिवस साम्बा, सहसचिवमा शरद जङहाङ राई र कोषाध्यक्षमा मञ्जु वान्तावा राई रहेका छन् ।सदस्यहरुमा कुमार राई, प्रविण लिम्बु, गजेन्द्र योङहाङ, स्मृती राई, सेसेहाङ नेम्बाङ, लोकेन्द्र कार्की डोली, भीषण राई, सन्देश विश्वकर्मा, अविन लिम्बु र उदिप चाम्लिङ रहेका छन् ।

त्यस्तै महिला समन्वय समिति राममाया सम्बाहाम्फेकोअध्यक्षतामा पाँच सदस्यीय समिति पनर्गठन गरेको छ । समितिका उपाध्यक्षमा घनादेवी आचार्य, सचिवमा कल्पना वानु राई, सहसचिवमा सनिता राई र कोषाध्यक्षमा अञ्जु लिम्बु आङबुहाङ रहेका छन् । अन्य सदस्यहरु महिला समन्वय समिति संचालन तथा व्यवस्थापन कार्यविधिअनुसार पछि थप गर्ने निर्णय भएको प्रेस वक्तव्यमा उल्लेख छ ।

कार्यपालिका बैठकले गाउँपालिका स्तरीय दलित समन्वय समिति पूर्ण कार्की डोलीको अध्यक्षतामा सात सदस्यीय दलित समन्वय समिति गठन गरेको छ । समितिका उपाध्यक्षमा याम शंकर, सचिवमा सन्त विश्वकर्मा, सहसचिवमा कविता लुहागुन र कोषाध्यक्षमा करिश्मा दियाली रहेका छन् । सदस्यहरुमा गंगाराम बराईली र दिलबहादुर गजमेर रहेको बुधबार गाउँपालिका प्रवक्ता सुसन राई (रुङमाहाङ) द्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

कार्यपालिका बैठकले इभाङ गाविस पूर्व अध्यक्ष पूर्णबहादुर बस्नेतको अध्यक्षतामा गाउँपालिकास्तरीय जेष्ठ नागरिक सम्मान प्रतिष्ठान तदर्थ समिति गठन गरेको छ । समितिका सदस्यहरुमा बाँझो गाविस पूर्व प्रधानपञ्च तथा जिविस सदस्य हरि साङपाङ, बाँझो गाविस पूर्व अध्यक्ष किरणकुमार राई, बाँझो गाविस पूर्व अध्यक्ष केहरसिंह योङहाङ र सेवानिर्वित्त शिक्षक भक्तबहादुर वान्तावा रहेका छन् ।

बैठकले हरी राईको अध्यक्षतामा गाउँपालिकास्तरीय आदिवासी जनजाति समन्वय तदर्थ समिति गठन गरेको छ । सचिवमा राजकुमार योङहाङ रहेका छन् भने अन्य पदाधिकारी तथा सदस्यहरु पछि थप गर्ने बुधबार गाउँपालिका प्रवक्ता सुसन राई (रुङमाहाङ) द्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु