adv

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड फागुन २३ मा हुने

१० माघ ,काठमाडौं ।नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड फागुन २३ गते हुने भएको छ ।

कार्यक्रम काठमाडौँ कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ । एनएसजेएफले सोमबार अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलसँग प्रायोजन सम्झौता नविकरण पनि गर्यो । सम्झौता पत्रमा एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी र हंशराज हुलासचन्दका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे ।

यसपटक पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा ९ विधामा अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ । वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड रहेको छ ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन आगामी दिनमा सार्वजनिक गरिनेछ भने मनोनयन नहुने विधाहरु लाइफटाइम, स्पेशल, पारा एथलेट र एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ ।

विगतमा मञ्चले वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गर्दै आएको थियो । यसपटकदेखि वर्षका युवा खेलाडीलाई पनि मोटरसाइकल प्रदान गर्ने घोषणा गरिएको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट हयाम्पर प्रदान गरिनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु