adv

रवि लामिछानेले लिए नागरिकता, जाली किर्तेमा पुन: मुद्दा चल्न सक्ने अनुमान

१५ माघ, काठमाडौं

विदेशी नागरिकता धारण गरेका कारण नेपाली नागरिकका रूपमा अबैध ठहर भएका रवि लामिछानेले आइतबार नेपालीनागरिकताको प्रमाणपत्र लिएका छन्

लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्

शुक्रबार सर्वोच्च अदालतले उनको नेपाली नागरिकता अबैध रहेको ठहर गरेपछि लामिछानेले सोही दिन गृहमन्त्रीबाट राजीनामादिएका थिए भने उनको सांसद पद राष्टृय स्वतन्त्र पार्टीको सभापति पद समेत गुमेको थियो

२०५० सालमा लिएको नागरिकता त्यागेर अमेरिकी नागरिक भएका लामिछाने ०७५ मा नेपाल फर्किएका थिए

अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकताका लागि सो को निस्सा पेश नगरी लामिछानेले नेपालको प्रचलित ऐन विपरितत्यागेको भनिएको नेपाली नागरिकता नै प्रयोग गरेर राहदानी समेत बनाएका थिए

अमेरिकी कानून अनुसार लामिछानेले नेपाली नागरिकता त्यागेर त्यहाँको नागरिकता धारण गरेको भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी दर्तागर्दा पनि उनले पुरानै नेपाली नागरिकता निर्वाचन आयोगमा पेश गरेका थिए

चितवन क्षेत्र नम्बर बाट सांसदमा उम्मेद्वार बन्दा पनि लामिछानेले कानूनत: खारेज भइसकेको नागरिकता नै पेश गरेको खुलेकोथियो

प्रकृया पूरा गरेर पुरानै नेपाली नागरिकता प्राप्त गरे पनि लामिछानेविरुद्ध नेपालको प्रचलित कानून विपरित रद्द भएको नागरिकताप्रयोग गरेर राहदानी लिएको, राजनीतिक दल दर्ताका क्रममा निर्वाचनमा उम्मेद्वार बन्दा समेत अबैध नागरिकता प्रयोग गरेर राज्यउपर जाली किर्ते गरेको अभियोगमा पुन: मुद्दा चल्ने कसुरदार ठहरिएमा सजाय समेत हुन सक्ने कानूनविदहरुको भनाइ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु