adv

दमक १० का २७ भूमिहिनलाई जग्गाको पुर्जा

१९ मंसिर, दमक ।

झापा दमक १० का २७ भूमिहिन घर परिवारले जग्गा धनी प्रमाणपत्र प्राप्त गरेका छन

दमक नगरपालिकाले आयोजना गरेको दलित भुमिहीन, भुमीहिन तथा अव्यवस्थित बसोबासीहरुको जग्गा धनीपूर्जा वितरणकार्यक्रमका बीच  भूमि आयोगका राष्ट्रिय अध्यक्ष केशव निरौलाको हातबाट उनीहरुले जग्गाधनी प्रमाण पूर्जा थापेका दमकनगरपालिकाका प्रमुख रामकुमार थापाले जानकारी दिए

आयोग अध्यक्ष निरौलाको उपस्थितिमा जिल्लामा क्रियाशील तिलकसिंह पाण्डे नेतृत्वको राष्ट्रिय भूमि आयोगले नापजाँच यकिनगरि जग्गाको धनीपूर्जा प्रमाण पत्र वितरण गरेको नगर प्रमुख थापाको भनाइ

आफूहरुले चुनाव ताका जनताका घरदैलोमा पुगेर गरेको वाचा अनुसार नै पुर्जा वितरण कार्य अघि बढाइएको दमक नगर उप प्रमुखरेगिना भट्टराई प्रसाईंले बताएकी छन

दमक १० का वडाध्यक्ष राजेन्द्र प्रसाद भण्डारीले स्वागत गरेको कार्यक्रममा वडाका अन्य आवेदकहरुको आवेदनमाथि समेतआवश्यक छनबिन गरेर पुर्जा वितरणको कार्य अघि बढेको दावी गरेका छन

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु